भूपू गोर्खाले लेखे बेलायती प्रधानमन्त्री जोनसनलाई पत्र <p>काठमाडौं। भूतपूर्व गोर्खाहरूको पाँच संगठन र गैरआवासीय नेपाली संघ बेलायतले बेलायती प्रधानभमन्त्री बोरिस जोन्सनलाई पत्र पठाएका छन्। लामो समयदेखि भूपू गोर्खाहरूको असमान पेन्सन तथा अन्य समस्याहरूका सम्बन्धमा पटकपटक आन्दोलन गर्दै आइरहेका संगठनहरूले यसपटक एकजुट भई मंगलबार पत्र पठाएका हुन्।<br /> पत्रमा जुलाई १ तारिखभित्र नेपाल र बेलायत सरकारबीच वार्ता समिति गठन गरी भूपू गोर्खाको असमान पेन्सनलगायतका समस्याहरू समाधान गर्न आग्रह गरिएको छ।(रासस)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्