साढे १३ वर्षअघि अपहरण गरी २० लाख फिरौती माग्ने धानुक पक्राउ
<p>काठमाडौं। मानव बेचबिखन तथा ओसारपसार मुद्दाका फरार प्रतिवादी खुटुवा जब्दी गाविस–८ बस्ने वीरेन्द्र महतो धानुकलाई सोमबार प्रहरीले पक्राउ गरेको छ। प्रहरीका अनुसार २०६४ साउन २९ गते खुटुवा जब्दी गाविस–८ बस्ने बलिराम साहलाई धानुकसमेत १० जना मिलेर अपहरण गरेका थिए। <br />
अपहरणपछि धानुकले २० लाख रुपैयाँ फिरौती मागेका थिए।</p>
प्रतिक्रिया दिनुहोस्