काठमाडौं। वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्ने बाटो खुलेपछि नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचन वरिष्ठ उपाध्यक्षमा केन्द्रित भएको छ। यसअघि लामो समयसम्म चलेको वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने वा अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने भन्ने विवाद सुल्झिएसँगै महासंघको चुनाव वरिष्ठ उपाध्यक्षतर्फ मोडिएको हो।
आन्तरिक विवाद टुङ्गोमा पुगेसँगै गोल्छाले आगामी तीन वर्षसम्म महासंघको नेतृत्व सम्हाल्ने पक्का भइसकेको छ। त्यहीअनुसार अर्को दुई/तीन कार्यकालसम्म वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने प्रावधानलाई महासंघले परिवर्तन गर्ने देखिँदैन। सोही कारण भावी नेतृत्वमा पुग्न महासंघको वरिष्ठ उपाध्यक्ष बन्नुपर्ने हुन्छ।
योसँगै महासंघमा वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत गर्ने आन्तरिक प्रयास शुरू भएको छ। वरिष्ठ उपाध्यक्षमा अहिलेसम्म पाँच जना आकांक्षी देखिएका छन्। चन्द्रप्रसाद ढकाल, किशोरकुमार प्रधान र उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्षमा उम्मेद्वारी दिने बताएका छन्।
यीमध्ये ढकाल एशोसिएट उपाध्यक्ष, प्रधान जिल्ला नगर समूहको उपाध्यक्ष र श्रेष्ठ वस्तुगत समूहको उपाध्यक्ष हुन्। उनीहरूबाहेक पूर्वउपाध्यक्ष तथा प्रदेश–३ उद्योग वाणिज्य संघका अध्यक्ष दिनेश श्रेष्ठ र अध्यक्ष भवानी राणासँगको मतभेदका कारण कोषाध्यक्षबाट राजीनामा दिएर नेपाल उद्योग परिसंघ (सिएनआई)मा गएका ज्ञानेन्द्रलाल प्रधानसमेत वरिष्ठ उपाध्यक्षका आकांक्षी छन्।
एशोसिएट उपाध्यक्ष ढकालले निर्वाचनका लागि पर्याप्त समय बाँकी रहेकाले वरिष्ठ उपाध्यक्ष्यको पदमा सर्वसम्मतिको सम्भावना कायमै रहेको बताए। उनले भने, “तर त्यसका लागि महासंघमा औपचारिक छलफल शुरू भइसकेको छैन।” महासंघजस्तो निजी क्षेत्रको ठूलो छाता संगठनमा सर्वसम्मत नेतृत्व चयन भए निजी क्षेत्रलाई लाभ पुग्ने उनले बताए।
उपाध्यक्ष किशोरकुमार प्रधानले पनि वरिष्ठ उपाध्यक्षमा सर्वसम्मतको प्रयास शुरू भइसकेको बताए। उनले भने, “महासंघभित्र देखिएका आकांक्षीलाई मिलाएर लैजाने प्रयास भइरहेकाले वरिष्ठ उपाध्यक्षमा सर्वसम्मत हुन सक्छ।”
वस्तुगत समूहका उपाध्यक्ष उमेशलाल श्रेष्ठले वरिष्ठ उपाध्यक्ष सर्वसम्मत चयन भएमा महासंघभित्र अनावश्यक राजनीति नछिर्ने बताए। आगामी कार्यकालको नेतृत्व गर्न सक्ने क्षमता भएका व्यक्ति सर्वसम्मत हुने सम्भावना रहेको समेत उनले बताए। दिनेश श्रेष्ठ र ज्ञानेन्द्रलाल प्रधानले पनि महासंघको वरिष्ठ उपाध्यक्षमा सर्वसम्मतिको सम्भावना जीवितै रहेको बताए।
महासंघमा अबको अध्यक्ष निश्चित भइसकेका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले सर्वसम्मतिको प्रयास चलिरहेको बताउँदै भने, “त्यसका लागि महासंघ आन्तरिक छलफलमा जुटेको छ। सहमति नजुटे चुनावी प्रतिस्पर्धा हुँदा पनि महासंघलाई फाइदै पुग्छ।”
महासंघको एशोसियट उपाध्यक्षमा सौरभ ज्योति र साहिल अग्रवालले तयारी शुरू गरेका छन् भने वस्तुगत समूहको उपाध्यक्षमामा अन्जन श्रेष्ठ र कमला श्रेष्ठ आकांक्षी छन्।
जिल्ला नगर उपाध्यक्षमा सबभन्दा बढी आकांक्षी छन्। कार्यसमिति सदस्य अरुण सुमार्गीले जिल्ला नगरतर्फको उपाध्यक्ष पदमा उम्मेदवारी घोषणा गरिसकेका छन्। कार्यसमितिकै सदस्यरू गुणनीति तिवारी, दिलसुन्दर श्रेष्ठ दौडधुपमा लागिसकेका छन् भने दिनेश श्रेष्ठ र डीवी बस्नेतलाई समेत जिल्ला नगर उपाध्यक्षको सम्भावित उम्मेदवारको रूपमा हेरिएको छ।
सम्भावित उम्मेद्वारहरूले चैतमा हुने निर्वाचनका लागि पूर्वअध्यक्ष तथा व्यवसायीहरूसँग भेटघाट शुरू गरेका छन्।
आउँदो चैतमा महासंघका पाँच पदाधिकारीसहित ७० पदका लागि निर्वाचन हुँदैछ। सर्वसम्मत नभएमा वरिष्ठ उपाध्यक्ष, ३ उपाध्यक्ष (एशोसियट, वस्तुगत र जिल्ला नगर) लगायत अन्य पदका लागि निर्वाचन हुनेछ।
यसअघि जोडतोडले उठेको विधान संशोधनको विषय गत कात्तिकमा टुंगिएको थियो। त्यसअघि महासंघको विधान संशोधन समितिले विधान संशोधन गरेर वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने महासंघको प्रावधानलाई बदल्ने प्रयास गरेको थियो। तर, २४ कात्तिकको समिति बैठकले २९ कात्तिकलाई तोकिएको विशेष साधारणसभा स्थगन गर्ने निर्णय गरेसँगै विधान संशोधनको विषय थान्को लागेको थियो।
" /> काठमाडौं। वर्तमान वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा स्वतः अध्यक्ष बन्ने बाटो खुलेपछि नेपाल उद्योग वाणिज्य महासंघको आगामी निर्वाचन वरिष्ठ उपाध्यक्षमा केन्द्रित भएको छ। यसअघि लामो समयसम्म चलेको वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने वा अध्यक्षको प्रत्यक्ष निर्वाचन गर्ने भन्ने विवाद सुल्झिएसँगै महासंघको चुनाव वरिष्ठ उपाध्यक्षतर्फ मोडिएको हो।आन्तरिक विवाद टुङ्गोमा पुगेसँगै गोल्छाले आगामी तीन वर्षसम्म महासंघको नेतृत्व सम्हाल्ने पक्का भइसकेको छ। त्यहीअनुसार अर्को दुई/तीन कार्यकालसम्म वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष बन्न पाउने प्रावधानलाई महासंघले परिवर्तन गर्ने देखिँदैन। सोही कारण भावी नेतृत्वमा पुग्न महासंघको वरिष्ठ उपाध्यक्ष बन्नुपर्ने हुन्छ।

">