लेखा अधिकृत र सब–इन्जिनियरविरुद्ध भ्रष्टाचार मुद्दा <p>काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्यटन विकास आयोजना, वाग्मती, हेटौंडा र मकवानपुरका लेखा अधिकृत देवीप्रसाद गौतम र सब&ndash;इन्जिनियर नेत्रप्रसाद लामिछानेविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।<br /> गौतम र लामिछानेविरुद्ध दायर गरिएको मुद्दामा ५० हजार रुपैयाँ बिगो दाबी गरिएको छ।&nbsp;<br /> दुवैले सेवाग्राहीसँग उपभोक्ता समितिको धरौटी रकम फिर्ता गरेवापत ५० हजार घुस लिएको पुष्टि भएपछि मुद्दा दायर गरिएको अख्तियारले जनाएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्