उपत्यकास्तरीय भूतपूर्व सैनिक सम्मेलन
<p>काठमाडौं। सैनिक कल्याणकारी बोर्डको समन्वय तथा संयोजकत्व र नेपाली सेनाको व्यवस्थापनमा उपत्यकास्तरीय ‘भूतपूर्व सैनिक सम्मेलन–२०७७’ सम्पन्न भएको छ। <br />
सम्मेलन उपत्यका पृतनाको मुख्यालय नारायणहिटीमा आयोजना गरिएको थियो। सम्मेलनमा उपत्यकाभित्रका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमा बसोवास गर्ने भूतपूर्व सैनिक तथा निवृत्तिभरणमा रहेका परिवारजनको सहभागिता रहेको थियो।<br />
सम्मेलनलाई प्रधान सेनापति पूर्णचन्द्र थापाले सम्बोधन गर्दै कल्याणकारी कोषका हिताधिकारीहरुको आवश्यकता र अपेक्षा सम्बोधन हुने बताए।</p>
प्रतिक्रिया दिनुहोस्