वडा कार्यालयबाट ५३ लाखभन्दा बढी नगद चोरी
<p>काठमाडौं। नुवाकोटको पञ्चकन्या गाउँपालिकाको पुरानोडाँडास्थित २ नम्बर वडा कार्यालय भवनबाट नगद ५३ लाख २१ हजार ८ सय ५६ रुपैयाँ चोरी भएको छ।<br />
प्रहरीका अनुसार सो वडा कार्यालयबाट ३२ इन्चको एकथान सीसीटीभीको मनिटर पनि गएराति चोरी भएको छ। <br />
जिल्ला प्रहरी कार्यालय नुवाकोट र इलाका प्रहरी कार्यालय पञ्चकन्याबाट खटिएको टोलीले चोरीमा संलग्न व्यक्तिहरूको खोजी गर्नुको साथै थप अनुसन्धान गरिरहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्