चार महिनामा ५ अर्बका कार्यक्रम स्वीकृत <p>काठमाडौं। समाज कल्याण्ड परिषद्ले पछिल्लो चार महिनामा २ सय २७ वटा गैरसरकारी संस्था (गैसस) को ३ सय ३५ वटा कार्यक्रमहरु स्वीकृत गरेको छ।&nbsp;</p> <p>ती कार्यक्रमहरु चार अर्ब ९९ करोड १२ लाख चार हजार सात सय २४ रुपैयाँका रहेको परिषद्ले जनाएको छ।&nbsp;</p> <p>२०७७ मंसिर देखि फागुन महिनसम्मको अवधिमा ती कार्यक्रम स्वीकृत गरिएको हो। उक्त अवधिमा लक्ष्य भने ५ अर्ब ६६ करोड रुपैयाँ अनुमानित बजेटका कार्यक्रम स्वीकृत गर्ने रहेको थियो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्