रात्रीकालीन व्यवसाय ९ बजेपछि बन्द गर्न सरकारको निर्देशन
काठमाडौं। कोरोना संक्रमणको संख्या बढ्न थालेपछि सरकारले कडाई गर्न थालेको छ। स्वास्थ्य मन्त्रालयले रात्रीकालिन व्यवसाय तथा रेस्टुरेन्टहरू राति ९ बजेपछि बन्द गराउन निर्देशन दिएको हो।
भारतमा कोरोना संक्रमणको दोस्रो लहर आएसँगै नेपालमा पनि त्यसको प्रभाव देखिन थालेको छ।
संक्रमण नियन्त्रण तथा न्यूनीकरण गर्न थप कडाई गर्न लागिएको स्वास्थ्य मन्त्रालयका सह–प्रवक्ता डा.समिर कुमार अधिकारीले बताए।
प्रतिक्रिया दिनुहोस्