आर्थिक पत्रकारलाई क्षमता अभिवृद्धि तालिम <p>काठमाडौं। नेपाल आर्थिक पत्रकार संघ (नाफिज) सँगको सहकार्यमा मर्चेन्ट बैंकर एशोसिएसन अफ नेपालले आर्थिक पत्रकारहरूको क्षमता अभिवृद्धि तालिम आयोजना गरेको छ।</p> <p>एशोसिएसनले आयोजना गरेको तालिममा पुँजी बजारका बारेमा कलम चलाउँदै आएका ३० भन्दा बढी पत्रकार सहभागी थिए।</p> <p>पछिल्लो समय सेयर बजारमा लगानीकर्ताको संख्या बढ्दो छ। गत आवको अन्त्यमा मेरो सेयर प्रयोगकर्ता ६ लाख रहेकोमा २३ लाख पुगेको छ । त्यस्तै, डिम्याट खाता १७ लाख बाट ३३ लाख पुगेको छ।</p> <p>सोहीकारण, एसोसिएसनले तालिमको आयोजना गरेको हो।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्