समर्थन देखाउन इजिप्टका विदेशमन्त्री लेबनानमा
<p>काठमाडौं। इजिप्टका विदेशमन्त्री लेबनानको राजधानी बेरुत पुगेका छन्। लेबनानलाई समर्थन देखाउन उनी बेरुत पुगेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् । </p>
<p>इजिप्टका विदेशमन्त्री सामेह शौक्रीले इजिप्टका राष्ट्रपति अब्दुल फताह अल सिसिको सन्देश लिएर लेबनानका राष्ट्रपति मिचेल औनलाई भेटेको जनाइएको छ । </p>
<p>इजिप्टको तर्फबाट जारी गरिएको वक्तव्यमा लेखिएको छ, ‘लेबनानप्रति ऐक्यबद्धता जनाउन इजिप्ट सरकारको तर्फबाट प्रतिनिधिका रुपमा उहाँ जानुभएको हो ।’</p>
प्रतिक्रिया दिनुहोस्