नेतन्याहूलाई नयाँ सरकार गठनका लागि आमन्त्रण
<p>जेरुसेलम। इजरायलका राष्ट्रपति रुभेन रिभलिनले प्रधानमन्त्री बेन्जामिन नेतन्याहूलाई नयाँ सरकार गठनका लागि आमन्त्रण गरेका छन् । </p>
<p>हालै सम्पन्न संसदको निर्वाचनमा स्पष्ट बहुमत हासिल नगरे पनि ठूलो दलको हैसियतमा नेतन्याहूलाई सरकार गठन गर्न आमन्त्रण गरिएको हो ।</p>
<p>गहिरो रुपमा विभाजित संसद् र भ्रष्टाचारको आरोपमा सुनुवाई भइरहेको अवस्थामा प्रधानमन्त्री नेतन्याहूलाई सरकार गठनमा निकै ठूलो चुनौती छ ।</p>
प्रतिक्रिया दिनुहोस्