म्यानमारका नागरिकको जीवन रक्षाका लागि मैनबत्तीसहित प्रदर्शन <p>काठमाडौं। शान्तिवादीहरुले आँखा/निधारमा कालोपट्टी बाँधी मैनवत्ती बोकेर आज साँझ काठमाडाैं बौद्धमा प्रदर्शन गरेका छन्।<br /> &nbsp;<br /> म्यानमारका नागरिकको जीवन रक्षा, शान्ति र लोकतन्त्र बहालीको मागसहित मानव अधिकार तथा शान्ति समाजद्वारा साँझ ६ः३० देखी ७ बजेसम्म बौद्धनाथ अगाडि प्रदर्शन गरेको हो।</p> <p>शान्ति समाजका संस्थापक सभापति कृष्ण पहाडी, सभापति गोविन्द खनाल, सल्लाहकार उत्तम पुडासैनी, पूर्व सभापति होमकान्त चौलागाई, उपसभापति रत्नलक्ष्मी श्रेष्ठ, महासचिव रामकृष्ण बराल, कोषाध्यक्ष जगन्नाथ पुडासैनी लगायत प्रदर्शनमा सहभागी थिए।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्