उद्योग परिसंघले युरोपियन युनियनसँग राख्यो प्राविधिक सहयोगको अपेक्षा
<p>काठमाडौं। नेपाल उद्योग परिसंघले युरोपियन युनियनसँग प्राविधिक अपेक्षा राखेको बताएको छ।</p>
<p>नेपालका लागि राजदूत नोना डेप्रेजसँग छलफल गर्दै परिसंघले यस्तो अपेक्षा राखेको हो।</p>
<p>परिसंघले यतिबेला नेपालको उत्पादन बढाउनलाई ‘मेकइन नेपाल’को नारा लिएको छ।</p>
<p>यही अभियानमा प्राविधिक सहयोग चाहिने भएकाले आगामी दिनमा ईयूसँग सहकार्य गर्नुपर्ने धारणा राखेको छ।</p>
प्रतिक्रिया दिनुहोस्