लण्डनस्थित म्यानमारको दूतावासमा सैन्य सहचरीको नियन्त्रण, राजदूतलाई प्रवेश निषेध

काठमाडौं। लण्डनस्थित म्यानमारका राजदूतले आफूलाई राजदूतावासमा प्रवेश गर्न नदिइएको बताएका छन्।

राजदूत क्व जो मीनले सैनिक सहचारीले कर्मचारीहरूलाई राजदूतावासबाट निस्किन निर्देशन दिएको र आफूलाई अब देशको प्रतिनिधि नरहेको जानकारी गराएको जनाएका छन्।

म्यानमारमा सेनाले १ फेब्रुअरीमा देशको शासनसत्ता आफ्नो हातमा लिएको थियो। त्यसपछि त्यहाँ विरोधप्रदर्शनहरू भइरहेका छन्।

मीनले सेनाले नियन्त्रणमा लिएकी नेत्री आङ सान सूचीको रिहाइको माग गरेका थिए।

म्यानमारमा प्रजातान्त्रिक नेतृत्वलाई सत्ता हस्तान्तरण गर्न दबाव दिन आयोजना गरिएका प्रदर्शनहरूमा पाँच सयभन्दा बढी सर्वसाधारणको मृत्यु भइसकेको छ ।

प्रतिक्रिया दिनुहोस्