एकै दिन २ हजार ४२९ जना चालकमाथि कारबाही <p>काठमाडौं। ट्राफिक नियम उल्लंघन गर्ने २ हजार ४२९ जना चालकलाई काठमाडौंँ उपत्यकामा ट्राफिक प्रहरीले कारबाही गरेको छ।&nbsp;</p> <p>कारबाहीमा पर्नेमा सडक तथा फुटपाथमा पार्किङ गर्ने १६७ जना, ढोका खुल्लै राखेर सवारी चलाउने १३४ जना, जथाभावी यात्रु चढाउने र ओराल्ने ११२ जना, एकतर्फी सडकमा विपरीत चलाउने ७८ जना, अवस्था ठीक नभएका सवारी गुडाउने ८७ जना छन्।</p> <p>यस्तै, तीव्र गतिमा गाडी चलाउने ५० जना, रातो बत्तीको उल्लंघन गर्ने ५८ जना, सवारी साधनको नम्बर प्लेट स्पष्ट नराख्ने ५० जना र मदिरा पिएर सवारी साधन चलाउने ३१ जना चालक पनि कारबाहीमा परेका छन्।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्