बलात्कारीलाई सात वर्ष कैद फैसला <p>गलकोट। उन्नाइस वर्षीया युवतीलाई बलात्कार गर्ने युवालाई जिल्ला अदालत बागलुङले सात वर्ष कैद सजाय फैसला गरेको छ ।&nbsp;</p> <p>बागलुङको ताराखोला गाउँपालिका&ndash;२ का २१ वर्षीय रेशम वनलाई जिल्ला न्यायाधीश वासुदेव न्यौपानेको इजालासले बलात्कार कसुर ठहर गर्दै सात वर्ष कैद सजाय फैसला गरेको हो ।&nbsp;</p> <p>कैदसँगै वनले पीडित युवतीलाई ८० हजार रकम क्षतिपूर्तिसमेत दिनुपर्ने फैसला गरेको जिल्ला अदालत बागलुङका सूचना अधिकारी सूर्यप्रसाद भण्डारीले जानकारी दिए ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्