न्यूजील्यान्डले लगायो भारतीयलाई प्रवेशमा रोक <p>काठमाडौं। भारतमा कोरोना संक्रमण पुनः तीव्र बन्न थालेपछि न्यूजील्यान्डले भारतीय नागरिकलाई १८ दिनका लागि प्रवेश प्रतिबन्ध लगाएको छ। न्यूजील्यान्डले अप्रिल ११ देखि २८सम्म यस्तो रोक लगाएको हो।</p> <p>न्यूजील्यान्डकी प्रधानमन्त्री जेसिन्डा आर्डर्नले भारतमा पुनः संक्रमण तीव्र बनेकाले त्यहाँबाट आउने पर्यटकलाई रोक लगाइएको बताइन्।&nbsp;</p> <p>उनले भनिन्, &lsquo;&lsquo;यसले तपाईंहरुलाई कठिन पार्नेछ, तर देशलाई संक्रमणबाट सुरक्षित राख्न यो फैसला जरुरी छ।&rsquo;&rsquo;(एजेन्सी)</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्