२४ एनजीओले पूर्वस्वीकृति नलिई खर्च गरे ५० करोडभन्दा बढी रकम
<p>काठमाडौं। विभिन्न गैरसरकारी संस्था (एनजिओ) हरुले समाज कल्याण परिषदसँग पूर्वी स्वीकृति नलिई पछिल्लो चार महिनामा ५० करोड २६ लाख ८५ हजार ५४९ रुपैयाँ खर्च गरेको पाइएको छ। </p>
<p>२०७७ मंसिर देखि फागुन महिनासम्मको अवधिमा २४ वटा एनजीओले २४ वटा कार्यक्रममा उक्त रकम पूर्वस्वीकृति बेगर खर्च गरेको पाइएको हो। </p>
<p>परिषदले पूर्व स्वीकृती नलिई कार्यक्रम सञ्चालन गर्ने कार्यलाई क्रमशः निरुत्साहित गर्दै लगिने जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्