९ वर्षीया बालिकाले गरिन् बलात्कारको प्रतिकार, तर बाँच्न सकिनन्
<p>काठमाडौं। मुगुमा ९ वर्षीया एक बालिकाले बलात्कारको प्रतिकार गरेर पनि बाँच्न नसकेको तथ्य सार्वजनिक भएको छ। सोरु गाउँपालिका वडा नं. ८ तारापानीकी लक्ष्मी चौलागाईंलाई सोही गाउँ निवासी प्रवेश रावलले करणीको प्रयास गर्दा प्रतिकार गरेपछि उनलाई धकेलेर कर्णाली नदीमा फालिदिएको आरोपीले स्वीकारेको प्रहरीले बताएको छ। <br />
घरबाट चैत २१ गते बेपत्ता भएकी लक्ष्मी २३ गते साँझ कर्णाली नदीको किनारामा मृत फेला परेकी हुन्।</p>
प्रतिक्रिया दिनुहोस्