मोदीले लगाए कोरोनाविरुद्धको दोस्रो डोज खोप
<p>काठमाडौं। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कोरोनाविरुद्धको दोस्रो डोज खोप आज लगाएका छन्। भारतमा कोरोनाको दोस्रो लहर फैलिरहँदा दिल्लीको (एम्स) अस्पतालमा मोदीले दोस्रो डोज लगाएका हुन्। <br />
उनले ट्विट गर्दै भनेका छन्, “कोरोनालाई हराउन सक्ने केही तरिकामध्ये एक हो, भ्याक्सिनेसन। तपाईंहरू पनि भ्याक्सिनको लागि योग्य हुनुहुन्छ भने छिट्टै ‘डोज’ लिनुहोला।” उनले मार्च १ मा पहिलो डोज खोप लगाएका थिए।</p>
प्रतिक्रिया दिनुहोस्