करिब ९६ लाखका सामान चोरीको आरोपमा पाँच जना पक्राउ
<p>काठमाडौं। ललितपुर महानगरपालिका–२८ हरीसिद्धि खरिबोटस्थित अर्वन ओएसिस इन्टरप्राइजेजबाट ९५ लाख ७६ हजार आठसय ५५ रुपैयाँबराबरका विभिन्न सामान चोरी गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा यमकुमार श्रेष्ठ, प्रदीप गौतम, महेश अधिकारी, दीपक खड्का र नवीन अधिकारी रहेका छन् । <br />
उनीहरुले दुईसय ३८ थान विभिन्न कम्पनीका सुटकेस, ब्याग, ल्यापटपको झोला भएका कार्टुन चोरी गरेको प्रहरीले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्