म्यानमारमा भइरहेको हत्या र दमनविरुद्ध कविहरु
<p>काठमाडौं। मानवअधिकार तथा शान्ति समाजले आज आयोजना गरेको शान्ति काव्य प्रवाहको ८८औं शृंखलामा म्यानमारमा भैरहेको हत्या र दमनको कविहरुले कवितामार्फत् विरोध गरेका छन्। म्यानमारका जनतामाथि गम्भीर अत्याचार भइरहँदा छिमेकी चीन र भारत मौन बसेकोमा कविहरुले आश्चर्य प्रकट गरे।<br />
कविहरुले म्यानमारमा भइरहेको सैनिक अत्याचारको निन्दा गर्दै म्यानमारका जनताको जीवन रक्षा र शान्ति बहालीका लागि समस्त विश्व एक भएर लाग्नुपर्नेमा जोड दिए।</p>
प्रतिक्रिया दिनुहोस्