२६ स्थानमा आगलागीः तीन जनाको मृत्यु, तीन जना घाइते
<p>काठमाडौं। पछिल्लो २४ घण्टामा देशका २६ स्थानमा ठूला आगलागीका घटना भएका छन्। ती घटनामा तीनजनाको मृत्यु र तीनजना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। <br />
आगलागीका घटनाबाट ५९ लाख ६० हजार ६ सय रुपैयाँबराबरको क्षति गरेको छ। आगलागीमा परी प्यूठानको गौमुखीमा दुईजना र खोटाङको बराहापोखरीमा एक जनाको मृत्यु भएको प्राधिकरणले बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्