सवारी लाइसेन्स परीक्षाको परिणाम फेरबदल गरेको आरोपमा १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
<p>काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले परीक्षाको परिणाम फेरबदल गरी भ्रष्टाचार गरेको आरोपमा १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।</p>
<p>यातायात व्यवस्था कार्यालय नेपालगञ्जका तत्कालीन कार्यालय प्रमुख तथा परीक्षा समितिका अध्यक्ष पबन सुबेदीसमेत १९ जनाविरुद्ध अख्तियारले आज विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो।</p>
<p>नेपालगञ्जबाट सवारी चालक अनुमतिपत्र बिक्री गरी गैरकानूनी रूपमा रकम आर्जन गरेको भन्ने उजुरी परेपछि अख्तियारले उनीमाथि अनुसन्धान गरेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्