सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा दुईजनाविरुद्ध भ्रष्टाचार मुद्दा
<p>काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सामाजिक सुरक्षा भत्ता हिनामिना गरेको आरोपमा दुईजनाविरुद्ध आज भ्रष्टाचार मुद्दा दायर गरेको छ। </p>
<p>महोत्तरीको साविक सिंग्याही गाविसका तत्कालीन सचिव विनोदकुमार सिंह र कार्यालय सहायक नारायण यादवविरुद्ध मुद्दा दायर गरिएको हो।</p>
<p>सिंह र यादवले सामजिक सुरक्षा भत्ता वितरण गर्दा बदनियतपूर्वक ढंगले १२ लाख ४४ हजार रूपैयाँ सरकारी रकम हिनामिना गरेको पुष्टि भएको छ।</p>
प्रतिक्रिया दिनुहोस्