चार दिनदेखि आन्तरिक उडान प्रभावित
<p>काठमाडौं। वायु प्रदुषणका कारणले त्रिभुवन विमानस्थलबाट चार दिनदेखि उडान प्रभावित बनेको छ। वायुमण्डलमा धुवा/धुलो र प्रदुषणका कारण भिजिबलिटी कम हुँदा उडान प्रभावित बनेको हो।</p>
<p>विमानस्थलले बताएअनुसार आन्तरिकतर्फका केही उडान प्रदुषणले प्रभावित बनेको छ। </p>
<p>रात्रिकालीन उडानयोग्य विमानस्थलमा रातिको समयमा उडान भएपनि दिउँसोका उडान प्रभावित बनेका हुन्।<br />
यसअघि अघिल्लो सातामा पनि प्रदुषणका कारण आन्तरिक र बाह्य उडान प्रभावित बनेको थियो।</p>
प्रतिक्रिया दिनुहोस्