बालबालिका हत्याको जिम्मेवारी लिन म्यानमार सेनाले मानेन
<p>एजेन्सी। प्रजातन्त्र पुनःस्थापनको पक्षमा म्यानमारमा भएका पछिल्ला प्रदर्शनका क्रममा भएको बालबालिकाको हत्याको जिम्मेवारी लिन त्यहाँको सैनिक शासकले अस्वीकार गरेको छ।</p>
<p>म्मानमारको सेनाले ‘कू’ गरी शासन हातमा लिएपछि त्यहाँ ४६ जना बालबालिकाको हत्या भएको बालबालिका सम्बन्धि राष्ट्रसंघीय कोषले जनाएको छ। </p>
<p>म्यानमारी सुरक्षा फौजले घर घरमा प्रवेश गरी आमा बाबुको काखामा रहेका बालबालिकाको हत्या गरेको थियो। </p>
<p>म्यानमारको सेनाले प्रदर्शनकारीले आन्दोलनमा बालबालिकाको प्रयोग गरेको आरोप लगाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्