गाेरखामा फुटबल प्रशिक्षणका लागि कृत्रिम घाँसेमैदान
गाेरखा। गोरखामा फुटबल प्रशिक्षणका लागि कृत्रिम घाँसेमैदान निर्माण गरिने भएको छ। गोरखा नगरपालिका–९, दल भन्ञ्याङमा द ओसन क्बलले घाँसे मैदान निर्माण गर्न लागेको क्बलका अध्यक्ष अमित खत्रीले जानकारी दिए।

“क्लबले आफ्नै सक्रियतामा विश्व फुटबल महासंघ (फिफा) को अन्तर्राष्ट्रिय मापदण्डअनुसारको खेल मैदानमा कृत्रिम घाँस बिछ्याउन लागेको हो”, उनले भने, “कृत्रिम घाँस चीनबाट ल्याउने तयारी भइरहेको छ।”

मैदानकाे ४६ मिटर लम्बाइ र २३ मिटर चौडाइमा कृत्रिम घाँस बिछ्याइनेछ। “वर्षायामको समयमा हाल रहेको मैदानमा खेलाडीलाई नियमित फुटबल प्रशिक्षण दिन समस्या हुँदै आएको छ”, अध्यक्ष खत्रीले भने, “अहिले पनि ४० जनालाई नियमित प्रशिक्षण दिँदै आएका छौं तर जब पानी पर्छ, मैदान हिलो र लामो समय पानी नपर्दा मैदान धुलो भएर समस्या हुन थालेपछि घाँस बिछ्याउन लागिएकाे हाे।”

चार महीनाभित्रमा मैदान निर्माण सम्पन्न गर्ने योजना रहेको उनको भनाइ छ। मैदान निर्माणका लागि गोरखा नगरपालिकाले निःशुल्क जग्गा उपलब्ध गराएको अध्यक्ष खत्रीले जानकारी दिए।

नगरपालिकाले उपलब्ध गराएको जग्गामा खेल मैदानसँगै पौडी पोखरी, जिम हलसहितको भवन बनाउने योजना क्बलले बनाएको उनले बताए। “मैदानलाई भाडामा पनि प्रयोग गर्न सकिने व्यवस्था गर्न लागिएको छ”, उनले भने।

घाँसे मैदान निर्माण गर्न घाँस खरीदका लागि मात्र १६ लाख रुपैयाँ लाग्ने अनुमान गरिएको क्बलले जनाएको छ। बाँकी अन्य कामका लागि गरी कूल ३१ लाख २२ हजार खर्च हुने खत्री बताउँछन्।  मैदान निर्माणका लागि आवश्यक पर्ने रकमका लागि सहयोग संकलन गर्दै आएको उनको भनाइ छ। “अहिलेसम्म १८ लाख रूपैयाँ जुटिसकेको छ”, अध्यक्ष खत्रीले भने।

घाँसे मैदान निर्माणका लागि गोरखा नगरपालिका गोरखाले सात लाख रूपैयाँ उपलब्ध गराएको छ। त्यस्तै वडा कार्यालय र पालुङटार नगरपालिकाले एक/एक लाख उपलब्ध गराउने जनाइएको छ। रासस

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्