रुसले चेतावनी दिंदै भन्यो– यो युक्रेनको अन्तको सुरुवात हुनसक्छ
<p>एजेन्सी। यदी युक्रेनले आफ्नो पूर्वी क्षेत्रमा रहेका पृथकतावादी माथि जथाभावी आक्रमण गरे त्यहाँ रहेका रुसी भाषीको मद्दतको लागि रुसले हस्तक्षेप गर्ने चेतावनी दिएको छ। </p>
<p>पूर्वी युक्रेनमा रुस समर्थित पृथकतावादी विद्रोही र युक्रेनको सेनाबीच लामो समयदेखि झडप हुँदै आएको छ। यसैकारण पछिल्ला दिन रुसले युक्रेनसँगको सीमामा सेनाको उपस्थिती बढाएको छ। </p>
<p>“रुस आफ्ना नागरिकको सुरक्षाको लािग हस्तक्षेप गर्नसक्छ। आगो कसरी फैलिन्छ भन्नेमा यो निर्भर हुन्छ र यो युक्रेनको अन्तको सुरुवात हुनसक्छ”, रुसी अधिकारी दमित्री कोजाकले भने।</p>
प्रतिक्रिया दिनुहोस्