भारतीय समुन्द्रमा बिना अनुमति अमेरिकी जलसेनाले गर्‍यो अपरेसन <p>काठमाडौं। अमेरिकी जलसेनाले बिना अनुमति भारतको समुन्द्री सीमा भित्र अपरेसन गरेको छ। अमेरिकी जलसेनाले भारतको &lsquo;एक्सक्लुसिभ इकोनोमिक जोन&rsquo; मा प्रवेश गरी अपरेसन गरेको जनाइएको छ।&nbsp;</p> <p>अमेरिकाको यस कदलमे भारतसँगको कूटनीतिक सम्बन्ध खराब हुनसक्ने अनुमान धेरैले लगाएको छ। भारत सरकारले अहिलेसम्म यसबारेमा कुनै औपचारिक प्रतिक्रिया जनाएको छैन। &nbsp;</p> <p>अमेरिकाले भने &lsquo;फ्रिडम अफ नेभिगेसन अपरेसन&rsquo; मातहतको अधिकार प्रयोग गर्दै स्वतन्त्र कानून र अधिकारको प्रयोग गरेको जनाएको छ। अमेरिकाले नै भारतको अनुमति नलिई अपरेसन गरिएको बताएको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्