प्रहरीलाई घुस दिन खोज्दा अख्तियारको फन्दामा
काठमाडौं। प्रहरीलाई घुस दिन खोज्दा सर्लाहीमा एकजना पक्राउ परेका छन्।

सवारी दुर्घटनाका विषयमा किर्ते कागजात बनाउ दबाब दिंदै इलाका प्रहरी कार्यालय हरिवन सर्लाहीका प्रमुखलाई १० हजार रूपैयाँ घुस दिन खोजेपछि बाग्मती नगरपालिका–८ सोल्टी बजारका श्यामकुमार श्रेष्ठ पक्राउ परेका हुन्।

पक्राउ परेका श्रेष्ठलाई प्रहरीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको  जिम्मा लगाएको छ।

श्रेष्ठले मोटरसाइकलले ठक्कर दिई दुर्घटना भएको सम्बन्धमा चालकको अनुमतिपत्र नभएकोले उनको बदलामा लाइसेन्स भएको अर्कै व्यक्तिको नाम राखी पीडित पक्षसँग मिलापत्र गराई औषधि उपचारको हकमा बीमा दाबीको लागि सिफारिसको कागज गराइदिन भनेका थिए।

उक्त कामका लागि १० हजार रूपैयाँ घुस दिन खोजेपछि श्रेष्ठलाई तत्काल नियन्त्रणमा लिइएको थियो।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्