२५ स्थानमा आगलागी : एकजनाको मृत्यु, ५८ लाखभन्दा बढीको क्षति
<p>काठमाडौं। पछिल्लो २४ घण्टामा देशका २५ स्थानमा ठूला आगलागीका घटना भएका छन्। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार ती घटनामा परी एकजनाको मृत्यु भएको छ। </p>
<p>ललितपुरको बागमती गाउँपालिका-७ स्थित साहुमारा धराप डाँडा सामुदायिक वनमा लागेको आगो नियन्त्रण गर्ने क्रममा ५९ वर्षीय पुरुषको जलेर मृत्यु भएको हो। २५ स्थानमा भएको आगलागीका घटनाले ५८ लाख ३६ हजार रूपैयाँबराबरको क्षति गरेको प्राधिकरणले जनाएको छ।</p>
प्रतिक्रिया दिनुहोस्