उद्यमी चन्द्र ढकाल कीर्तिमय राष्ट्रदीपबाट सम्मानित
<p>काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष एवं आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकाल कीर्तिमय राष्ट्रदीप (चतुर्थ) विभूषणबाट सम्मानित भएका छन्। शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले ढकाललाई उक्त विभूषणबाट सम्मानित गरेकी हुन्। </p>
<p>गत वर्षको असोज ३ गते संविधान दिवस (राष्ट्रिय दिवस)का अवसरमा विभूषणको घोषणा गरिएको थियो। नेपालका लागि इन्डोनेशियाका अवैतनिक दूतसमेत रहेका उद्यमी ढकालको विप्रेषण, बैंक तथा वित्त, पर्यटन, ऊर्जा, सूचना प्रविधि, हस्पिटालिटी उद्योग तथा विमालगायत दर्जनौँ क्षेत्रमा लगानी रहेको छ।</p>
प्रतिक्रिया दिनुहोस्