डढेलो पीडित परिवारलाई राहत
<p>काठमाडौं। खोटाङका डढेलो पीडित परिवारलाई राहत दिइएको छ। खोटाङ प्राकृतिक प्रकोप सहयोग कोषले डढेलोबाट विस्थापित पाँच परिवारलाई राहत प्रदान गरेको हो।</p>
<p>डढेलोले घर जलेपछि विस्थापित बनेका खोटहाङ गाउँपालिकाका छविलाल ढकाल, डम्बरप्रसाद गेलाल, उद्धव भुजेल, नरबहादुर भजेल र यामबहादुर भुजेललाई राहत दिइएको हो।</p>
<p>कोषले उक्त परिवारलाई प्रतिपरिवार १० हजारका दरले राहत प्रदान गरेको बताएको छ।</p>
प्रतिक्रिया दिनुहोस्