काठमाडौं। नक्कली भ्याट बिल प्रयोग गरेर ६४ करोड रुपैयाँ राजस्व छलेको आरोपमा राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी वरुण बेभरेजविरुद्ध काठमाडाैं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। वरुण बेभरेज चर्चित पेय पदार्थ पेप्सीको उत्पादक हो।
राजस्व अनुसन्धान विभागका सूचना अधिकारी राजीव पोखरेलले वरुण बेभरेजविरुद्ध आज अदालतमा मुद्दा दायर गरेको बताए।
वरुण बेभरेजले ६४ करोड ९६ लाख दुई हजार ३४० रूपैयाँ कर छली गरेको र त्यसको दोब्बर जरिवाना एक अर्ब २९ करोड ९२ लाख ४ हजार ६८० रूपैयाँसहित तीन वर्ष कैद सजायको माग गरी जिल्ला अदालतमा मुद्दा दर्ता गरिएको पोखरेलले जानकारी दिए।
वरुण बेभरेजले कर छली गर्ने उद्देश्यले नक्कली भ्याट बिल कारोबार गर्ने व्यक्तिहरूसँग मिलेमतो गरी वास्तविकरूपमा वस्तुको खरिद नै नगरी नक्कली कर विजक जारी गर्ने उद्देश्यले दर्ता गरिएको फर्महरूबाट जारी गरेको बिलहरू प्रयोग गरेको विभागले गरेको अनुसन्धानको क्रममा भेटिएको पोखरेलले बताए।
आर्थिक वर्ष २०७०/७१ देखि २०७५/७६ सम्ममा झुटो मूल्य अभिवृद्धि कर बिलको कारोबारबाट मूअकरतर्फ २५ करोड ३४ लाख ६ हजार ९०० रूपैयाँ र आयकरतर्फ ६४ करोड ९६ लाख दुई हजार ३४० राजस्व छली गरेको राजस्व अनुसन्धान विभागको दाबी छ।
विभागले वरुण बेभरेज प्रालिका पूर्व तथा वर्तमान सञ्चालकहरू अमित गुप्ता, रविकान्त जयपुरिया, रोहित कोहली, प्रविनकुमार अग्रवाल, विनोद सिंह र अशोक कुमारबाट बिगो र जरिवाना असुल उपर गर्न माग गरेको छ।
" /> काठमाडौं। नक्कली भ्याट बिल प्रयोग गरेर ६४ करोड रुपैयाँ राजस्व छलेको आरोपमा राजस्व अनुसन्धान विभागले बहुराष्ट्रिय कम्पनी वरुण बेभरेजविरुद्ध काठमाडाैं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ। वरुण बेभरेज चर्चित पेय पदार्थ पेप्सीको उत्पादक हो।राजस्व अनुसन्धान विभागका सूचना अधिकारी राजीव पोखरेलले वरुण बेभरेजविरुद्ध आज अदालतमा मुद्दा दायर गरेको बताए।

">