नेपालमा कति छन् एकसिंगे गैँडा?
<p>काठमाडौं। नेपालमा एक सिंगे गैँडाको संख्या सात सय ५२ पुगेको छ। </p>
<p>यही चैत महिनामा गरिएको गणनाबाट नेपालको गैँडाको संख्या आएको हो।</p>
<p>नेपाल सरकारले आफ्नै लगानीमा चैत ९–२८ मा एकसिंगै गैँडा गणना गरेको थियो। जसमा पछिल्लो पाँच वर्षमा मात्रै १०७ वटा गैँडा बढेको देखिएको छ।</p>
<p>जसमध्ये सबैभन्दा धेरै गैँडा चितवन राष्ट्रिय निकुञ्जमा भेटिएका छन्।</p>
प्रतिक्रिया दिनुहोस्