कोभिडकै समयमा ४१९ जना हिमाल चढ्दै
<p>काठमाडौं। कोरोना भाइरसको समयमै ४१९ जनाले नेपालका हिमाल आरोहणको अनुमति पाएका छन्। </p>
<p>सगरमाथासहित विभिन्न १० हिमाल आरोहणका लागि ४९ वटा समूहले हिमाल चढ्ने अनुमति पाएका हुन्।</p>
<p>तीन सय २९ जना पुरुष र ९० जना महिला आरोहीले हिमाल चढ्ने अनुमति पाएका छन्। यसबाट सरकारलाई ३४ करोड रुपैया रोयल्टी संकलन हुने बताइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्