बञ्चरेडाँडामा जेठदेखि फोहोर फाल्न सकिने
<p>काठमाडौं। आगामी वर्ष २०७८ को जेठदेखि बञ्चरेडाँडामा फोहोर फाल्न सकिने भएको छ। अबको बाँकी समय अहिलेकै गतिमा काम भएमा काठमाडौं उपत्यकाको फोहोर फाल्न तयार हुने भएको हो।</p>
<p>अहिले बञ्चरेडाँडामा बनिरहेको ‘स्यानिटरी ल्यान्डफिलसाइट’को काम तीव्र गतिमा भइरहेको छ। कोरोना भाइरसका कारण केही समय काम प्रभावित बनेपनि अहिले निर्माण कार्य अगाडि बढेको छ।</p>
प्रतिक्रिया दिनुहोस्