काभ्रेका ३३ जङ्गलमा डढेलो, काँक्रेमा नियन्त्रण बाहिर
<p>काभ्रे। नमोबुद्ध नगरपालिका–७ काँक्रेस्थित जङ्गलमा भएको आगलागी नियन्त्रण बाहिर रहेको छ । </p>
<p>काँक्रेको पौवाडाँडामा शनिबार बिहान १० बजेबाट सुरु भएको आगलागी घोरेटो भिर, सीताघारी हुँदै अहिले ल्याँसे जङ्गलतर्फ गइरहेको छ ।</p>
<p>आगलागी नियन्त्रण गर्न शनिबार राति १२ बजेसम्म नगरको दमकल, स्थानीयवासी, जनप्रतिनिधि, प्रहरी र भकुण्डेस्थित २६ बाहिनीका नेपाली सेना प्रयासरत रहेको वडाध्यक्ष धर्म लामाले बताए । </p>
<p>आगलागी भएको जङ्गल छेउछाउ मानव बस्ती नभए पनि बारी र दुई/चार सङ्ख्यामा गोठ रहेको लामाले बताए ।</p>
प्रतिक्रिया दिनुहोस्