काठमाडौं। देशकै प्रमुख पर्यटकीय क्षेत्र मानिने ठमेलमा पाँच दिनदेखि टेलिफोन, इन्टरनेट र केबल टेलिभिजन सेवा अवरुद्ध छ। नेपाल भ्रमण वर्ष २०२० का लागि भन्दै ठमेल क्षेत्रका अव्यवस्थित तार हटाउने क्रममा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध बनेको हो।
अव्यस्थित तारबार हटाउने यो तारतम्यकै बीच ठमेल क्षेत्रमा सुरक्षाका लागि जडान गरिएका अधिकांश सीसीटीभी क्यामेरासमेत बन्द भएका छन्। ‘हाम्रो ठमेल, राम्रो ठमेल’ भन्ने नारासहित २९ मंसीरदेखि ठमेल क्षेत्रका अव्यवस्थित तार काट्ने अभियान शुरू भएको हो।
नेपाल विद्युत प्राधिकरण, नेपाल दूरसञ्चार प्राधिकरण, नेपाल टेलिकम र ठमेल पर्यटन विकास परिषद्को संयुक्त सहकार्यमा शुरू भएको अभियानले विद्युतका बाहेक सबै तार काट्दै आएको छ। विद्युतका बाहेक अन्य सबै तार काटिएकाले इन्टरनेट, टेलिफोन, सीसीटीभी क्यामेरा र केबल टीभीको सेवा अवरुद्ध भएको छ।
टेलिफोन, इन्टरनेटलगायतका सेवा अवरुद्ध बन्दा पूरै ठमेल प्रभावित भएको छ। ठमेलका अधिकांश पसल, होटल तथा रेस्टुराँ, ट्राभल एजेन्सी टेलिफोन र इन्टरनेट सेवाविहीन भएका छन्। ट्राभल एजेन्सी, होटल, रेस्टुराँ टेलिफोन र इन्टरनेट सेवाविहीन बन्दा त्यसको सोझो मार पर्यटकमा परेको छ।
तार काट्न शुरू गरेदेखि इन्टरनेट सेवा अवरुद्ध भएकाले कतिपय ट्राभल एजेन्सी नै बन्द गर्नुपरेको व्यवसायीहरू बताउँछन्। ठमेलका पस्मिना व्यवसायी राजेश श्रेष्ठले भने केही दिन दुःखमा बस्नु परे पनि करीब तीन दशकदेखिका अव्यवस्थित तार हटाउँदा ठमेलको सौन्दर्य बढ्ने आशा बढेको बताए। उनले भने, “इन्टरनेट र टेलिफोनजस्ता सेवा अवरुद्ध बन्दा यहाँका ट्राभल एजेन्सीहरू आंशिकरूपमा बन्द भए पनि ठमेल हेर्न लायक भएको छ।”
ठमेल पर्यटन विकास परिषद्का अध्यक्ष प्रकाश राणाले ठमेललाई सफा र सुन्दर बनाउने अभियान शुरू भइसकेको बताए। उनले विगत आठ वर्षदेखि अव्यवस्थित तार हटाउने योजना बने पनि यस वर्षदेखि मात्र त्यसको शुरूवात भएको बताए। विद्युतबाहेक सबै तार काट्दा केही समस्या परे पनि यो अभियानले ठमेललाई सुन्दर बनाउने र भ्रमण वर्षलाई सघाउ पुर्याउने उनको विश्वास छ।
अव्यवस्थित तार हटाउन काठमाडौं महानगरपालिका तथा महानगरीय प्रहरी वृत्त सोह्रखुट्टे र दरबारमार्गसँगको पनि सहकार्य रहेको छ। ठमेल क्षेत्रबाट हालसम्म २० टनभन्दा बढी तार निकालिएको र अझै आठ टनभन्दा बढी तार निकालिने सम्भावना रहेको अभियानकर्मीहरूले बताएका छन्।
अव्यवस्थित तार हटाउन दूरसञ्चार प्राधिकरणका कर्मचारी, इन्जिनियर र ठेकेदार गरी २० जना, नेपाल टेलिकमका सातजना र विद्युत प्राधिकरणका एकजना कर्मचारी खटिएका छन्। त्यस्तै ठमेल पर्यटन विकास परिषद्का सदस्यहरू तथा वडाध्यक्षलगायत पनि सहभागी छन्।
" /> काठमाडौं। देशकै प्रमुख पर्यटकीय क्षेत्र मानिने ठमेलमा पाँच दिनदेखि टेलिफोन, इन्टरनेट र केबल टेलिभिजन सेवा अवरुद्ध छ। नेपाल भ्रमण वर्ष २०२० का लागि भन्दै ठमेल क्षेत्रका अव्यवस्थित तार हटाउने क्रममा इन्टरनेट र टेलिफोन सेवा अवरुद्ध बनेको हो।अव्यस्थित तारबार हटाउने यो तारतम्यकै बीच ठमेल क्षेत्रमा सुरक्षाका लागि जडान गरिएका अधिकांश सीसीटीभी क्यामेरासमेत बन्द भएका छन्। ‘हाम्रो ठमेल, राम्रो ठमेल’ भन्ने नारासहित २९ मंसीरदेखि ठमेल क्षेत्रका अव्यवस्थित तार काट्ने अभियान शुरू भएको हो।

">