शैक्षिक संस्था बन्दा गर्ने/नगर्ने विषयमा निर्णय लिन भोलि बैठक <p>काठमाडौं। पछिल्ला दिन कोरोना संक्रमितको संख्या बढेपछि शिक्षा मन्त्रालयले शैक्षिक संस्था बन्द गर्ने वा नगर्ने भन्ने विषयमा निर्णय लिन भोलि बैठक बोलाएको छ।&nbsp;</p> <p>मन्त्रालयका अनुसार भोलि बिहान ८ बजे सरोकारवालाहरु सबैलाई बैठकमा बोलाइएको छ।&nbsp;</p> <p>शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बैठक बस्ने जनाइएको छ।&nbsp;</p> <p>शैक्षिक संस्थाहरु बन्द गर्ने निर्णय भए त्यसको सिफारिस कोभिड&ndash;१९ क्राईसिस म्यानेजमेन्ट सेन्टर (सीसीएमसी)लाई गरिने छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्