बर्दियाको ‘पुलिस अफ द मन्थ’ इन्सपेक्टर ईन्द्रजित
काठमाडौं। इलाका प्रहरी कार्यालय मोतिपुर बर्दियाका प्रमुख, प्रहरी निरीक्षक ईन्द्रजित सुनार कार्यालय प्रमुखतर्फ मंसीर महीनाको ‘पुलिस अफ द मन्थ’बाट पुरस्कृत भएका छन्।

आज जिल्ला प्रहरी कार्यालय बर्दियामा आयोजित कार्यक्रममा इन्सपेक्टर सुनारलाई बर्दिया प्रहरी प्रमुख, एसपी राजेशनाथ बाँस्तोलाले पुरस्कृत गरे।

अपराध अनुसन्धानमा तदारुकता, शान्ति सुरक्षा कायम, फरार अभियुक्त पक्राउलगायतका समग्र कार्यसम्पादनको आधारमा ‘पुलिस अफ द मन्थ’ चयन गरेर पुरस्कार प्रदान गर्ने गरिन्छ।

इन्सपेक्टर सुनारले गएको २३ साउनमा इप्रका मोतिपुरको प्रमुखको जिम्मेवारी सम्हालेका थिए। यसबीचमा इप्रका मोतिपुरले समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत १०१ कार्यक्रम गरेको छ भने १२ जना फरार अभियुक्त प्रक्राउ परेका छन्। यसमा जबर्जस्ती करणी अभियोगमा १० वर्षदेखि फरार रहेका व्यक्ति पनि पक्राउ परेका इन्सपेक्टर सुनारले देखापढीलाई बताए।

योबीचमा इप्रका मोतिपुरको टोलीले सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका तीनजना जिल्ला सदस्यलाई समेत पक्राउ गरेको छ।

Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्