वैदेशिक विकास सहायताको ८३.५ प्रतिशत रकम बजेटमार्फत् खर्च
<p>काठमाडौं। विभिन्न दातृ राष्ट्र तथा निकायबाट प्राप्त हुने कूल विकास सहायताको ८३.५ प्रतिशत रकम नेपाल सरकारको बजेटमार्फत् खर्च हुन थालेको छ। ठूलो रकम बजेटमार्फत् आउनुलाई अर्थ मन्त्रालयले सकारात्मक भनेको छ।</p>
<p>अर्थ मन्त्रालयले गत साता सार्वजनिक गरेको विकास सहायता रिपोर्टअनुसार आर्थिक वर्ष सन् २०१९/२० मा प्राप्त कूल २ अर्ब २८ लाख अमेरिकी डलरमध्ये १ अर्ब ६७ करोड २९ लाख अमेरिकी डलर बजेटमार्फत् खर्च भएको थियो।</p>
प्रतिक्रिया दिनुहोस्