कश्मीरमा भारतीय सेनाको कारवाहीमा १० चरमपन्थी मारिए
<p>काठमाडौं। पछिल्लो ४८ घण्टामा कश्मीरमा भारतीय सुरक्षा फौजले चलाएको विशेष अपरेसनमा १० जना चरमपन्थीको मृत्यु भएको छ।</p>
<p>अलग-अलग मुठभेडमा उनीहरू मारिएको भारतीय सेनाले जनाएको छ। कश्मीरका तीन जिल्ला– शोपियाँ, पुलवामा र अनन्तनागमा उनीहरू मारिएका हुन्।</p>
<p>भारतीय सेनाका अनुसार शुक्रबार पाँच र शनिबार तीनजना चरमपन्थी मारिएका हुन्। घटनामा चारजना भारतीय सुरक्षाकर्मी पनि घाइते भएको जनाइएको छ।</p>
प्रतिक्रिया दिनुहोस्