काठमाडौं छिर्ने नाकामा सुरक्षा सावधानी शून्य
<p>काठमाडौं। काठमाडौँ भित्रिने पश्चिमी नाका नागढुङ्गा र पूर्वी नाका साँगा भञ्ज्याङमा कुनै पनि सुरक्षा सावधानी, चेकजाँच नभएको पाइएको छ।</p>
<p>स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले उपत्यका भित्रिने मुख्य २ नाकामा कोरोना संक्रमणको जोखिम घटाउन चेक जाँचमा कडाइ गर्ने बताए पनि सो नाका भने खुल्लै देखिन्छ। सवारी साधनमा रहेका यात्रु तथा कर्मचारी स्वयंले पनि सुरक्षाको उपाय/सावधानी अपनाएका छैनन्। तैनाथ सुरक्षाकर्मीले सवारी साधनको लगत मात्र दिने गरेका छन्।</p>
प्रतिक्रिया दिनुहोस्