पूर्वराजा ज्ञानेन्द्रले हरिद्वार पुगेर सम्झे महाकवि देवकोटाको निबन्ध– के नेपाल सानो छ?
<p>काठमाडौं। पूर्वराजा ज्ञानेन्द्र शाहले भारतको हरिद्वार पुगी महाकवि लक्ष्मीप्रसाद देवकोटाको निबन्ध ‘के नेपाल सानो छ?’को स्मरण गरेका छन्। </p>
<p>हरिद्वारमा आयोजित महाकुम्भ मेलालाई सम्बोधन गर्दै उनले आर्य सम्भयताको महत्त्व खिइँदै गएका कारण देवकोटाले उक्त निबन्ध लेखेको बताए। </p>
<p>“हो, कतिपय बाह्य दबाब, प्रभाव, प्रलोभन र सांस्कृतिक अतिक्रमणका कारण केही समयदेखि हाम्रो पूर्वीय दर्शन, हाम्रो धर्म र सनातनीय संस्कारमा ह्रास आएको कुरा साँचो हो,” पूर्वराजा शाहले भने।</p>
प्रतिक्रिया दिनुहोस्