भारतमा एकै दिन १ लाख ७० हजार संक्रमित, ब्राजिललाई उछिन्यो <p>काठमाडौं। भारतले कोरोना संक्रमितको संख्यामा फेरि ब्राजिललाई पछि पारेको छ।&nbsp;</p> <p>गत महिनामात्रै ब्राजिलले भारतलाई उछिनेको थियो। पछिल्लो २४ घन्टामा १ लाख ६९ हजार ८९९ जना संक्रमित थपिएपछि भारत संक्रमितको संख्यामा दोस्रो स्थानमा पुगेको हो ।</p> <p>भारतमा हालसम्म १ करोेड ३५ लाख २५ हजार ३६४ जना संक्रमित भएका छन्।&nbsp;</p> <p>ब्राजिलमा १ करोड ३४ लाख ८२ हजार ५४३ जना संक्रमित छन् । सबैभन्दा बढी अमेरिकामा झण्डै ३ करोड १९ लाखभन्दा बढी संक्रमित भइसकेका छन् ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्