काठमाडौं। ‘भगवान’ ठानेको गुरुले आफूमाथि कुदृष्टि लगाउँछ भनेर दश मनमा एक मन नसोचेकी कुसुम (नाम परिवर्तन) तिनै ‘भगवान’बाट बलात्कृत भइन्।
कुरा ‘सिद्धबाबा’ भनिने कृष्णदास गिरीको हो। ‘बाबा’को आवरणमा अपराधको धन्दा चलाएका गिरी अहिले सुनसरी प्रहरीको हिरासतमा छन्। र, यो कथा तिनै गिरीबाट बलात्कृत महिलाको हो।
साधना प्राप्ति गर्ने नाममा गिरीबाट उनी गत ४ कात्तिकमा बलात्कृत भएकी थिइन्। बलात्कारपछिको पीडा असह्य भएपछि काठमाडौं नयाँबजारकी २९ वर्षीया कुसुमले मृत्युलाई रोजिसकेकी थिइन्।
तर, मर्न सजिलो रहेनछ। श्रीमानको अविचलित साथ र हुर्कंदै गरेका दुई सन्तानको माया र जिम्मेवारीले उनलाई मृत्युको बाटोमा जानबाट रोक्यो। बरु, ‘भगवान’ नाम भजाएर कुकृत्य गर्ने गिरीलाई कठघरामा ल्याउने आत्मबल बढाउन मद्दत गर्यो। उनको यही आत्मबलले ‘सिद्धबाबा’लाई प्रहरी हिरासतमा पुर्याएको हो।
१६ मंसीरमा पक्राउ परेका कृष्णदासलाई प्रहरीले सुनसरी जिल्ला अदालतबाट चौथो पटक म्याद थप गरिसकेको छ। प्रहरी नियन्त्रणमा अनुसन्धानमा रहेका गिरी बिरामी भएको दाबीसहित अहिले अस्पतालमै बसिरहेका छन्।
मुटुको समस्या देखाएर हिरासतको साटो अस्पतालको बास रोजेका गिरीले अस्पतालबाटै ‘पावर’ र पैसाको चलखेल गरेर मुद्दा कमजोर पार्ने तिकडम गरिरहेको पीडित महिलाले बताएकी छन्।
आज देखापढीको सम्पर्कमा आएकी उनले भनिन्, “केस फिर्ता लिन दिनहुँजसो धम्की र लोभ देखाइरहेका छन्, धर्मको नाममा भइरहेको अत्याचार मैले आँट गरेर बाहिर ल्याएँ, अब कसैगरी पछाडि हट्दिनँ।”
‘सिद्धबाबा’का नाममा अपराधकर्म गरिरहेका गिरीबाट बलात्कृत भएकी महिलाले देखापढीसँग पोखेको उनको कारुणिक भोगाई जस्ताको तस्तैः
कुरा २०७५ साल भदौतिरको हो। साथीहरूले साक्षात् भगवान बाबाले ‘महायोग साधना’ सिकाउनुहुन्छ भनेर सुनाए। राष्ट्रपतिदेखि ठूला–ठूला नेताहरूले मानेका भगवान हुन् भनेर सुनेपछि म पनि त्यहाँ जान थालें।
शुरूमा काठमाडौंको बालाजुमा रहेको नानक मठमा साथीसँग गएर साधना गर्न थालें। यज्ञ गर्नुपर्ने र त्यसका लागि दीक्षा लिनुपर्ने साथीहरूको सल्लाहपछि म पुरै समर्पित भएर बाबाको ध्यानमा लागें।
साधना गर्दै जाँदा एकोहोरो हुने, ऊसँगै भेट्न–बस्न मन लाग्ने, लठ्ठ हुने जस्ता लक्षण देखिन थाले। अरूले पनि भगवानप्रति ‘साधनाको भाव’ आएको हो, हामी सबैलाई पनि यस्तै हुन्छ भनेर सुनाए। होला त नि भन्ने भयो। पछि बुझ्दै जाँदा ‘तन्त्र–मन्त्र’का कारण यस्तो बनाएको रहेछ।
ऊ चतरामै हुँदा फेसबुकको मेसेन्जरमा च्याट हुन थाल्यो। ऊ भन्थ्यो- ‘आफ्नो गुरुलाई ‘पति र प्रेमीको भाव’ले हेर्नुपर्छ। तिमीमा गोपीनीको भाव आएको छ। कृष्ण भगवानलाई सम्झनुपर्छ।’
‘मेसेज श्रीमानलाई नदेखाउनू, फेरि श्रीमानले मेरो श्रीमती बिगार्ने भनेर गुरुहरूको आरिश गर्छन् र तिमीलाई नराम्रो हुन्छ’ भन्ने डर देखाउँथ्यो। होला भनेर मैले पनि विश्वास गरें।
त्यस्तो ‘भाव’ आउँदा मलाई भन्नू भन्थ्यो। त्यही भएर मैले पनि उसलाई कतिपय मेसेज पठाएछु।
साधकको स्तर हेरेर अनुयायीलाई अघि बढाउँछु भनेर पटकपटक भन्ने गर्थ्यो। गुरुप्रति कत्तिको भक्तिभाव छ भनेर जाँच्न सक्ने क्षमता आफूसँग भएको बताउँथ्यो।
अस्ति दशैंको बेला श्रीमानसहित पाथिभराको दर्शन गर्न ताप्लेजुङ गएका थियौं। फर्कंदा गुरुलाई भेट्ने मन जाग्यो। श्रीमानले पनि यहाँसम्म आएको मान्छे, ठीकै छ भनेर भन्नुभयो।
३ कात्तिक राति मेरो मेसेन्जरमा र फोनमा मिस्ड कल आएको रहेछ। म सुतिसकेकी थिएँ। भोलिपल्ट फोन गरें। उसले मलाई राति आश्रममा बोलायो।
म स्वच्छ मन लिएर ४ कात्तिक राति चतरामा रहेको उसको आश्रममा पुगें। कोठामा जानसाथ ढोकाको चुक्कुल लगायो। मेरो टाउको, काँध र निधारमा छोएर, तन्त्र–मन्त्र गरेर लठ्याएपछि मलाई जबरजस्ती गर्यो।
‘भगवानसँग साक्षात्कार गर्न पाउनु भाग्यको कुरा हो’ भन्दै मलाई बलात्कार गर्यो। आफूले भगवान ठानेर श्रद्धा गरेको व्यक्तिबाटै इच्छाविपरित जबरजस्ती गरेपछि म छाँगाबाट खसेजस्तै भएँ। बाहिर कहिँकतै हल्ला गरे अनर्थ र सर्वनाश हुन्छ भनेर डर देखायो।
मेरो मनले धर दिएन, धर्म र साधनाको नाममा ममाथि भएको अन्यायले मलाई असह्य भयो। मैले मृत्यु रोजिसकेकी थिएँ। तर, त्यहीबेला छोरो सम्झेँ। आखिर मेरो गल्ती के नै छ र भन्ने लाग्यो। अनि, श्रीमानसँग घटनाको वास्तविकता बताउने हिम्मत गरें।
साथीहरूसँग घटनाबारे बताएँ। धेरैले गाली गरे, गुरुबाट त्यस्तो हुनै सक्दैन, तँ पागल भइस् पनि भने। अहिले आएर थाहा भयो, पीडित म मात्र रहेनछु। उसको कुकृत्यको शिकार बनेका ३/४ जना महिला मेरो सम्पर्कमा आएका छन्। केहीले गुरुको खोल ओढेर कृष्णदासले गरिरहेको कर्तुतलाई बाहिर ल्याउने कोशिस गर्याै तिमीलाई हामी साथ दिन्छौं भनेका छन्।
शुरूमा त उसैसँग भेट गरेर माफी मगाउने र आइन्दा कोही कसैमाथि यस्तो हर्कत नगर्ने कसम खुवाउने भनेका थियौं। तर, उसले भेट गर्न चाहेन। उल्टै गुण्डा र पुलिससमेत लगाएर मुद्दामामिला नगर्न र बाहिर हल्ला नगर्न डरत्रास र लोभ देखायो।
श्रीमानलाई सबै घटनाक्रम भनेपछि उहाँले न्यायका लागि लड्ने आँट दिनुभयो। श्रीमानको साथ पाएपछि समाजको कुरा नसुन्ने अठोट लिएर मैले प्रहरीको ढोका ढक्ढक्याएँ। १० मंसीरमा दिएको उजुरी दुई दिनपछि बल्लतल्ल दर्ता भयो।
ठूला–ठूला मान्छे चिनेको र आशिर्वाद पाएको भन्दैमा न्याय मर्न हुँदैन।
त्यसलाई हदैसम्मको कारबाही गरियोस्। घटना भएको लामो समय भएको, २४ घण्टा नाघेपछि बलात्कारको प्रमाण नपुग्ने, कुनै साक्षी प्रमाण नभएको भन्दै पैसा र शक्तिको भरमा अनुसन्धान दबाउन खोजिँदैछ। आफूले चिनेसम्म र भेटेसम्मका मान्छेहरूलाई न्यायका लागि भीख मागिरहेकी छु।
विधि विज्ञान प्रयोगशालाबाट उसको परीक्षण गरिनुपर्छ, म पनि जस्तोसुकै जाँच गर्न तयार छु।