मानक नेपाली भाषा संजालको अध्यक्षमा पुनः प्रा.डा.लुइँटेल
<p>काठमाडाैं। नेपाली भाषालाई स्तरीय बनाउने र मानक नेपाली भाषाको संरक्षण/संवर्द्धन गर्ने अभियानका लागि स्थापित मानक नेपाली भाषा अभियान अन्तर्राष्ट्रिय संजालको नयाँ समिति निर्विरोध निर्वाचित भएको छ ।</p>
<p>२९ चैतमा सम्पन्न अधिवेशनले प्रा.डा.खगेन्द्रप्रसाद लुइँटेललाई पुन:अध्यक्षमा निर्विरोध निर्वाचित गरेको छ भने वरिष्ठ उपाध्यक्षमा सहप्राध्यापक डा.भरतकुमार भट्टराई, उपाध्यक्ष: नरनाथ लुइँटेल, महासचिव प्रा.डा. लक्ष्मणप्रसाद गौतम, सचिव: घनेन्द्र ओझा, कोषाध्यक्ष सहप्राध्यापक डा.नारायण शर्मा गैरे निर्वाचित भएका छन् ।</p>
<p>यसरी नै सदस्यमा केशव सिग्देल, प्रतीक ढकाल र लीला लुइँटेल निर्वाचित भएको निर्वाचन समितिका संयोजक प्रा.डा.देवीप्रसाद गौतमले जानकारी दिए ।</p>
प्रतिक्रिया दिनुहोस्