म्यानमारमा सेनाको गोलीबाट एकै दिन मारिए ८० जना सर्वसाधारण <p>काठमाडौं। म्यानमारको सैनिक सरकारको दमनबाट एकै दिन ८० जना जनताको मृत्यु भएको छ । उत्तरपूर्वी सहर बागोमा सैन्य शासनविरुद्ध भएको प्रदर्शनमा ८० जना मारिएका हुन्।</p> <p>यद्यपि, मृतकको शव सेनाले लगेका कारण मारिनेको संख्या योभन्दा बढी हुन सक्ने बताइएको छ। प्रदर्शनमा सेनाले जनतामाथि आक्रमण गर्न ठूला हतियार प्रयोग गरेका थिए।</p> <p>सैनिक शासन लागु भएपछि म्यानमारमा ६०० जनाभन्दा बढीको ज्यान गइसकेको छ।</p>
Machapuchre Detail Page
प्रतिक्रिया दिनुहोस्